PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भारतको रेल नेपालमा ल्याउने सहमतिप्रति डा. भट्टरार्इको चिन्ता



पहिलोपोस्ट

भारतको रेल नेपालमा ल्याउने सहमतिप्रति डा. भट्टरार्इको चिन्ता

काठमाडौं: भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रक्सौल- काठमाडौँ इलेक्ट्रिफाइड रेल ल्याउने सहमति गरे। भारतीय लगानीमा भारतीय रेल नेपाल ल्याउने भएको सहमतिप्रति डा. बाबुराम भट्टरार्इले भने असहमति व्यक्त गरेका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. भट्टरार्इले रेलले परनिर्भरता बढाउन सक्ने चिन्त व्यक्त गरेका छन्। 

भट्टरार्इले सामाजिक सञ्जार ट्वीटरमा भनेका छन्, 'काठमाडौंलार्इ रेलमार्गबाट भारत-चीन दुबैसँग जोड्नु राम्रो कुरा हो। व्यापारिक युगमा मध्यस्त व्यापारबाट नेपालले ठुलो लाभ लिएको पनि हो। तर, अहिले औद्योगिक-वित्तीय युग छ। हामीसँग स्वदेशमा उत्पादित निर्यातयोग्य वस्तु-सेवा भएन भने रेलमार्गले झन् परनिर्भरता र असमान विकास बढाउन सक्छ सोचौँ है!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell