PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ओलीको राष्ट्रवाद भारत भ्रमणले छर्लंग: प्रकाशमान सिंह 



चन्द्रकान्त खनाल

ओलीको राष्ट्रवाद भारत भ्रमणले छर्लंग: प्रकाशमान सिंह 

रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीको संघीय संरचना अनुसार पार्टी अगाडी नबढेको र नेतृत्वले संगठन निर्माणमा चासो नदिएका कारणले पार्टी कमजोर भएको बताएका छन्।

नेपाल प्रेस यूनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राष्ट्रवादको छवि भारत भ्रमणले छर्लंग भएको बताए।

नेता सिंहले विगतमा ओली भारत विरोधीका रुपमा प्रस्तुत भएको तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमै गरेर आफ्नो उग्र राष्ट्रवाद छर्लंग पारेको बताए।

नेता सिंहले प्रधानमन्त्रीको भारत भ्रमणलाई अहिल्यै सफल र ऐतिहासिक भन्न नसकिने बताए। ओलीले  गरेका समझदारी कार्यान्वयनमा आएर जनताले अनुभूत गर्न पाएछन् भने भ्रमण सफल भएको मान्न सकिने सिंहको भनाइ थियो।

सरकारका राम्रा कामको कांग्रेसको रचनात्मक साथ र समर्थन रहने समेत सिहले बताए। तर, लोकतन्त्रका मूल्य मान्यताको तल माथि गरे चुप लागेर नबस्ने स्पष्ट पारे।

तीन वटै चुनावमा पार्टीले हार बेहोर्नु पछाडि मूलरुपमा पार्टी नेतृत्व दोषी रहेको कुरा आफूले लिखितरुपमै राखेको स्मरण गराएको बताए।
देश संघीय संरचनामा गएपनि पार्टीको संरचना पुरानै भएको, महाधिवेशन भएको २ महिनामा हुनुपर्ने पदाधिकारी नियुक्ति र विभागहरु गठन हुन नसक्नु पनि पार्टी हारको कारण रहेको दोहोर्याए।

कांग्रेसलाई कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेतृत्व परिवर्तन,सांगठानिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell