PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बुटवल भाटभटेनीको आगो ५ घन्टापछि नियन्त्रणमा



चन्द्रकान्त खनाल

बुटवल भाटभटेनीको आगो ५ घन्टापछि नियन्त्रणमा

रुपन्देही : बुटवल उपमहानगरपालिकामा भाटभटेनी सुपरमार्केटमा लागेको आगो ५ घन्टा पछि नियन्त्रणमा आएको छ। बिहान ४ बजदेखि लागेको आगो निभाउन  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पाँचवटा दमकल प्रयोग भएको थियो।

 बुटवल उपमहानगरपालिकाको दमकलमा समस्या भएपछि भैरहवा, कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाएर आगो निभाइएको हो। बिद्युत सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम ज्ञवालीले बताए।

आगलागीपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल घटनास्थल पुगेका थिए। यसैगरी  आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायत पनि घटनास्थल पुगेका थिए। अहिले मार्केट बन्द गरिएको छ ।

वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केट करिब ९५ करोडको लागतमा गत बैशाखदेखि संचालनमा आएको हो । आगलागीबाट विद्युतीय सामान रहेको पाचौं तला र त्यसका सबै संरचना नष्ट भएका छन् । आगलागीबट के कति क्षति भयो त्यसको विवरण भने आउन भने बाँकी  रहेको एसपि ज्ञवालीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell