PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'ह्याप्पी डेज'को ५ महिनामा पाँचौपटक रिलिज टार्गेट तय



पहिलोपोस्ट

'ह्याप्पी डेज'को ५ महिनामा पाँचौपटक रिलिज टार्गेट तय

काठमाडौं: फिल्म 'ह्याप्पी डेज' युनिटले प्रदर्शन मिति परिवर्तनको खेल खेल्न थालेको ५ महिना भयो। ५ महिनामा पाँचौपटक रिलिज टार्गेट फेरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म 'पद्मावत' र 'प्याडम्यान'सँग जुध्ने डरले फिल्म रिलिज पर सारियो। त्यसपछि तेस्रोपटकलाई चैतको १६ लक्ड भयो। तर आन्तरिक कारण देखाउँदै फिल्म प्रदर्शन चैत दुई गतेलाई अघि सारिएको थियो।

तर चैतमा निर्देशक मिलन चाम्स उनको अर्को फिल्म 'लिलिबिली' प्रचारमा व्यस्त रहे। फिल्म ह्याप्पी डेज निर्धारित मितिमा रिलिज नहुने तय भयो। अब भने फिल्मले यो वर्ष रिलिज चान्स नपाउने पक्का भइसक्यो। निर्देशक चाम्सले बैशाख १४ रिलिज हुने बताएका छन्। भने,'अब चाहिं रिलिज मिति परिवर्तन हुँदैन।'

उक्त मितिमा प्रियंका कार्की अभिनित अर्को फिल्म 'कोहलपुर एक्सप्रेस' पनि प्रदर्शनमा आउँदैछ। एकसाथ दुई फिल्म पर्दामा आउने भएपछि प्रियंकाले कसरी प्रचार प्रसारको लागि समय मिलाउलिन्?

प्रियंका कार्कीसँगै दयाहाङ राई, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell