PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

माधव नेपाल नेतृत्वको एमाले टोली चीनमा



पहिलोपोस्ट

माधव नेपाल नेतृत्वको एमाले टोली चीनमा

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता एव‌ पूर्व प्रधानमन्त्री माधव नेपालसहित एमालेका नेताहरु चीन प्रस्थान गरेका छन्। 

चीनको सियानमा आयोजना हुने पहिलो सांघाई कोअपरेसन अर्गनाइजेसन जनमञ्चको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन्। नेपाल नेतृत्वको टोलीमा एमाले अनुशासन आयोगका प्रमुख अमृतकुमार बोहोर, दोलखबहादुर भण्डारी सहभागी छन्। 

सियानमा क्षेत्रीय शान्तिको सम्वर्द्धनको विषयमा हुने कार्यक्रममा नेता नेपालले ‘क्षेत्रीय साझेदारी प्रवर्द्धनका लागि रणनीतिक समन्वय’ शीर्षकमा सम्बोधन गर्ने छन्। 

सम्मेलनमा नेपालसहित कम्बोडिया, चीन, भारत, श्रीलंका, पाकिस्ता र टर्कीका प्रतिनिधिहरु सहभागी हुँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell