PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

जर्मनीको फुटपाथमा चालकले भ्यान जोताउँदा दुईको मृत्यु, २० घाइते



पहिलोपोस्ट

जर्मनीको फुटपाथमा चालकले भ्यान जोताउँदा दुईको मृत्यु, २० घाइते
फोटो: huffingtonpost.com

काठमाडौं: जर्मनीको मुइन्सटरमा एक ड्राइभरले फुटपाथमा भ्यान जोताउँदा दुईजनाको मृत्यु भएको छ। 

घटनामा परी भ्यान चालकको पनि मृत्यु भएको त्यहाँका अन्तरिक मामिलामन्त्री हर्बट रेउलले जानकारी दिए।

घटनामा २० घाइते भएका छन्। ती चालक जर्मन नै भएको र उनको मानासिक अवस्था कमजोर रहेको बताईएको छ।

यद्यपि उनको नाम भने खुलाइएको छैन। जर्मन चान्सलर एन्जेला मार्केलले घटनाप्रति दुख व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell