PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मेलिना राई: आफ्नो गीति भिडियोमा आफै मोडल



पहिलोपोस्ट

मेलिना राई: आफ्नो गीति भिडियोमा आफै मोडल

काठमाडौं: गायिका मेलिना राईको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। 'बितेका कुरा' बोलको गीत युट्युब रिलिज भएको हो। गीतको भिडियोमा मेलिना स्वयंम फिचर्ड छिन्।

सार्वजनिक गीतमा उत्तम जंग लिम्बुको संगीत र  राज थेगिम अश्रुतको शब्द रहेको छ।

गीतको भिडियोलाई शानको निर्देशन गरेका हुन्। गायनमा सक्रिय रहनु अघिनै नृत्यमा पोख्त मेलिनाले नृत्य प्रशिक्षको रुपमा पनि काम गरेकी थिइन्।

गीत र भिडियोलाई लिएर आफु निकै उत्साहित रहेको मेलिनाले बताइन्। भनिन् ‘आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्नु नयाँ कुरा होइन। तर पनि म धेरै उत्साहित छु। अब दर्शक र स्रोताको प्रतिक्रिया कुर्छु।'

भिडियोलाई सुरेश काफ्लेले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell