लोकेश राहुलले आइपीएल इतिहासकै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गरेपछि किंग्स एलेधेन पञ्जावले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।
राहुलको १४ बलमै अर्धशतक तथा करुण नायरको अर्धशतक मद्दतमा पञ्जावले १६७ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
सबैभन्दा छिटो अर्धशतक बनाउने सुनिल नारिन र युसुफ पठानको रेकर्ड तोड्ने क्रममा राहुलले १४ बलमै ६ चौका र ४ छक्का प्रहार गर्दै १४ बलमै अर्धशतक पुरा गरे।
उनले अमित मिश्राले बलिङ गरेको तेस्रो ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका थिए।
यस्तै करुण नायरले ३३ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे।
त्यसअई पञ्जावको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो। दिल्लीका लागि कप्तान गौतम गम्भिरले सर्वाधिक ५५ रन बनाए। यस्तै रिसव पन्तले २८ रन जो८ भने क्रिस मोरिस २७ बलमा नटआउट रहे। बलिङमा मोहित शर्मा र मुजिर उर रहमानले २-२ विकेट लिए।