PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

डीपीएल : अत्तरिया प्लेअफमा, पारसको टिम विराटनगर बाहिरियो



पहिलोपोस्ट

डीपीएल : अत्तरिया प्लेअफमा, पारसको टिम विराटनगर बाहिरियो

काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)को अक्सनपछि सबैभन्दा बलियो टिम देखिएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स लिग चरणबाटै बाहिरिएको छ।

लिग चरणको अन्तिम खेलमा आइतवार सिवाइसी अत्तरियासँग ६ विकेटले पराजित भएपछि ६ टिम सम्मिलित प्रतियोगितामा पाँचौ बन्दै विराटनगर बाहिरिएको हो। उता लिगमा ५ मध्ये दुई जित र एक खेल अंक बाँडेको अत्तरिया ५ अंकका साथ चौथो हुँदै प्लेअफमा छनोट भयो।

वर्षाका कारण मैदान भिजेपछि ६ ओभरमा घटाएर खेलाइएको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्दै ५५ रन बनाएको थियो। जवाफमा २ बल अगावै अत्तरियाले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। अत्तरियाका लागि विपिन चन्द्राले २६ तथा दीपेन्द्र सिंह ऐरीले २० रनको योगदान गरे। विराटनगरका कप्तान पारस खड्का र रामनरेश गिरीले २-२ विकेट लिएपनि जिताउन सकेनन्।

अब प्लेअफ अनतर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको काठमाडौं गोल्डेन्स र दोस्रो स्थानको टिम चौराह धनगढी भिड्नेछ। विजेता टिम फाइनल पुग्नेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ र त्यसको विजेता फाइनल पुग्नेछ। तेस्रो स्थानको महेन्द्रनगर युनाइटेड र अत्तरियाबीच इलिमिनेटर खेल हुनेछ। यसमा पराजित हुने टोली बाहिरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell