PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

आइपीएल : कोलकताले बैंगलोरलाई हरायो, सुनिल नारिनको आक्रमक अर्धशतक



पहिलोपोस्ट

आइपीएल : कोलकताले बैंगलोरलाई हरायो, सुनिल नारिनको आक्रमक अर्धशतक

काठमाडौं : सुनिल नारिनले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोएल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ।

घरेलु मैदान एडेन गार्डेनमा कोलकताले १७७ रनको लक्ष्य १८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। कोलकताको जितमा ओपनर नारिनले अर्धतशक बनाए। नारिनले १९ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै नितिश रानाले ३४ रनको योगदान गरे। रानाले २५ खेल्दै समान २ चौका र २ छक्का प्रहार गरे। कप्तान दिनेश कार्तिकले २९ बल खेल्दै ४ चौकाको मद्दतमा नटआउट ३५ रन बनाए।

आन्द्रे रसेलले १५ तथा रोविन उथापाले १३ रनको योगदान गरे। बलिङमा बैंगलोरका क्रिस वोक्सले ३ तथा उमेश यादवले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो। बैंगलोरका लागि ए बी डेभिलिएर्सले सर्वाधिक ४३, ब्रेण्डन म्याकुलमले ४३, मन्दिप सिंहले ३७ तथा कप्तान विराट कोहलीले ३१ रन बनाए।

बलिङमा कोलकताका नितिश राना र विनय कुमार २-२ विकेट लिए भने नारिन, पियुष चावला र मिचेल जोनसनले समान १ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell