PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

मेलम्चीमा बोलेरो दुर्घटना: तीनको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

मेलम्चीमा बोलेरो दुर्घटना: तीनको घटनास्थलमै मृत्यु

काठमाडौं: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित ज्यामिरेमा गए राति बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी बोलेरोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी विमलराज कँडेलले जानकारी दिए।

चालक सुरेश तामाङ, १३ वर्षीय कमल तामाङ र ४२ वर्षीय मोती अधिकारीको निधन भएको डिएसपी कँडेलले बताए। अधिकारीको निर्माण सामाग्री लिएर मेलम्चीबाट ज्यामिरेको पीपलटार जाँदै गर्दा गाडी सडकभन्दा चार सय मिटर तल खसेको थियो।

मृतक तीनै जना मेलम्ची नगरपालिका वडा ९ पीपलटारको रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell