PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

महिला भलिबललाई केएनपी जापानको साथ



पहिलोपोस्ट

महिला भलिबललाई केएनपी जापानको साथ

काठमाडै : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितालाई केएनपी जापन प्रालीले मुख्य प्रायोजन गरेको छ। आइतबार आयोजित कार्यक्रममा शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालीका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

आगामी बैशाख २१ देखि २५ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि केएनपीले सम्झौता रमक बृद्धि गरि प्रतिष्ठानलाई ६ लाखको प्रयोजन गरेको छ। सम्झौता अनुसार प्रतियोगिता केएनपी जापान चौथो राष्ट्रिय महिला भलिबलको नामले संचालन हुनेछ। तेश्रो संस्करणमा ५ लाखको प्रायोजन गरेको केएनपी जापन प्रालीले निरन्तरता दिदै १ लाख बृद्धि गरेको हो।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। तीन बिभागीय टोलीसँगै न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell