PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

त्रिवि भीसी कप भलिबल आजदेखि



पहिलोपोस्ट

त्रिवि भीसी कप भलिबल आजदेखि

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।

चैत २६ देखि ३१ गतेसम्म क्याम्पस प्राङगणमा आयोजना हुने प्रतियोगितामा नेपालभरिका २२ क्याम्पसका टिमहरुको सहभागिता रहनेछ। प्रतियोगिताका सबै खेलहरु बेष्ट अफ फाइवका आधारमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी खेलाडीहरु सम्बन्धित क्याम्पसका नियमित बिद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ। बाहिरका खेलाडी समावेश गरिएको पाइए टिमलाई अयोग्य घोषित गरिने र क्याम्पसलाई समेत कारबाही गरिने त्रिवि बिद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले प्रष्ट पारे।

प्रतियोगितामा सहभागी टिमले आफ्नो खर्च आफैंले व्यहोनुपर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी टिमहरुः सुर्खेत शिक्षा क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, पीएन क्याम्पस पोखरा, सानोठिमी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, जया मल्टिपल क्याम्पस जोरपाटी, बानेश्वर क्याम्पस, नेपाल कमर्स क्याम्पस, जनमैत्री क्याम्पस कुलेश्वर, महेन्द्र रत्न क्याम्पस ताहाचल, पाटन संयुक्त क्याम्पस, सरस्वति क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विशवबिद्यालय कीर्तिपुर, जनप्रशासन क्याम्पस बल्खु, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, पत्रकारिता केन्द्रीय बिभाग, पशुपति बहुमुखी क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस र पब्लिक युथ क्याम्पस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell