काठमाडौं : चैत १७ देखि धनगढिमा सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल-२) को लिग चरणका खेलहरु समापत्त भइसकेका छन्। ६ टिमको सहभागिता रहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष चार स्थान हात पार्ने टिम प्लेअफका लागि छनोट हुँदा पूछारका दुई टिम आउट भएका छन्।
लिग चरणपछि सबैभन्दा अप्रत्यासित नतिजाको रुपमा रह्यो विराटनगर किंग्सले प्लेअफमा स्थान बनाउन असफल हुनु। प्रतियोगिताका अघि उपाधिकै दाबेदार मानिएको राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको टिम लिग चरणको मोस्ट विम गेममा सिवाइसी अत्तरियासँग पराजित भएपछि लिग चरणबाटै आउट भयो।
यस्तै रुपन्देही च्यालेन्जर्स सबै ५ खेलमा पराजित हुँदै अन्तिम बन्यो।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स अपराजित रहदै ५ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भयो। यस्तै समान ६ अंक जोडेको साविक विजेता टिम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड क्रमश: दोस्रो र तेस्रो स्थानमा रहे।
५ अंक जोडेको अत्तरिया चौथो बन्दै प्लेअफमा प्रवेश गर्यो।
अब प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा काठमाडौं र चौराहबीच खेल हुनेछ। विजेता फाइनलमा पुग्नेछ। यस्तै महेन्द्रनगर र अत्तरियाबीच पहिलो इलिमिनेटर हुनेछ। जित्ने टिम दोस्रो क्वालिफायर पुग्नेछ र पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा हार्ने टिम भने बाहिरिनेछ।
सहभागि सबै टिमले दुई विदेशी खेलाडी राख्नैपर्ने प्रावधान अनुसार यसपटक विदेशी खेलाडीले पनि डीपीएलमा खेले। प्राय खेलमा विदेशी खेलाडीको प्रभाव रह्यो। काठमाडौँ, महेन्द्रनगर र चौराहको देलमा विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण रह्यो।
विराटनगर प्रतियोगिताबाट बाहिरिएपनि सर्वाधिक रन बनाउनेमा विदेशी खेलाडी बाबर हायत छन्। उनले ५ खेल खेल्दै २ अर्धशतकको मद्दतमा १८६ रन बनाए। हायतले प्रतियोगितामा सर्वाधिक १७ छक्का समेत प्रहार गरेका छन्।
यस्तै लिग बाट बाहिरिएका रुपन्देहीका प्रदिप ऐरी दोस्रो स्थानमा छन्। प्रदिपसँगै विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले ब्याटिङमा पुनरागमन गरिरहेका छन्। यसैगरी सुनिल धमलाले ब्याट र बल दुवैमा राम्रो प्रदर्शन गरेका छन्। अमित श्रेष्ठले पनि राम्रो ब्याटिङ गरिरहेका छन्।
विदेशी खेलाडीमा हायतसँगै चौराहबाट खेल्ने युएईका रोहन मुस्ताफा, भारतीय खेलाडीहरु पुनित मेहरा, पुनित विष्ट, सन्नी पटेल र सुबोध भाटीले पनि बल र ब्याट दुवैमा राम्रो गरिरहेका छन्।
यस्तै विपिन चन्द्रा र गौरव चित्कारा पनि अत्तरियाका लागि निर्णायक प्रदर्शन गरिरहेका छन्।
यी हुन् सय भन्दा बढी रन बनाएका ९ खेलाडी
यस्तै बलिङतर्फ युवा नेपाली खेलाडीहरु सुभांकर उराव, रसिद खान कमल सिंह ऐरीले राम्रो प्रखर्शन गरिरहेका छन्। उराव र रसिदले सर्वाधिक ९ विकेट लिएका छन्। ललित सिंह भण्डारीले पनि ९ विकेट लिइसकेका छन्। यस्तै कमल सिंहले ७ विकेट लिएका छन्।
यी हुन् सर्वाधिक विकेट लिने ९ खेलाडी