PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

नेपाल - भारतबिच भएको समझदारीमा विवेकशील साझाको स्वागत



पहिलोपोस्ट

नेपाल - भारतबिच भएको समझदारीमा विवेकशील साझाको स्वागत

काठमाडौं: विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको दुई देशीय समझदारीलाई स्वागत गरेको छ।
आज पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गर्दै नेपाल भारतबिचको समझदारीको स्वागत गरेको हो।

'नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने नेपाल-भारतबिचको समझदारीलाई हामी स्वागत गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

यसैगरी विवेकशील साझाले जलमार्ग र रेलमार्गका आयोजनाहरूको प्राविधिक र व्यवस्थापकीय पक्ष निर्क्यौल गर्दा नेपालको प्राथमिकता र राष्ट्रिय हितको सुनिश्चितता गर्न सुझाव दिएको छ।

भारतीय सहयोगमा सञ्चालित आयोजनामा ढिलासुस्ती भइरहेको उल्लेख गर्दै प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको प्राविधिक तयारी र कार्यान्वयनमा सतर्कताका साथ तदारुकता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी विवेकशीलले नेपाल-भारत सीमा विवाद, सीमा क्षेत्रका भारतीय बाँधले नेपालमा सिर्जित बाढीको समस्या, भारतसँग नेपालको बढ्दो व्यापार घाटालगायतका समस्याको यथाशीघ्र समाधानार्थ विशेष पहल गर्न सरकारलाई आग्रहसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell