PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

नयाँ बसपार्कका होटेलमा प्रहरीको छापा: चार युवतीसहित ३९ पक्राउ



पहिलोपोस्ट

नयाँ बसपार्कका होटेलमा प्रहरीको छापा: चार युवतीसहित ३९ पक्राउ

काठमाडौं: नयाँ बसपार्क क्षेत्रका होटेल तथा रेष्टुरेष्टमा प्रहरीले छापा मारेको छ। आइतवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले छापा मारेको हो। 

प्रहरीले होटेल तथा रेष्टुरेष्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ परेकामध्ये ३२ जनालाई सामान्य सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको छ।
 
बाँकीलाई सार्वजनिक अपराध अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको छ। गोंगवुस्थित होटेलमा केही दिनअघि एक युवतीको शव भेटिएको थियो ।

भुमेश्वरी होटेलको कोठा नम्बर २०३ मा युवतीको शव फेला परेपछि प्रहरीले होटेलमा शंकास्पद गतिविधि हुने भएकाले अप्रेसन शुरु गरेको एसएसपी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell