PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रमाइलो एफएमका संवाददाता आमरण अनशनमा



पहिलोपोस्ट

रमाइलो एफएमका संवाददाता आमरण अनशनमा

काठमाडौं: एक बर्षदेखिको तलब तथा सेवा सुविधा नपाएको भन्दै ओखलढुङगास्थित रमाइलो एफएमका संवाददाताले आमरण अनसन शुरु गरेका छन्। संवाददाता पदमबहादुर कार्कीले शुक्रवारदेखि अनसन थालेका हुन्। 

त्यस्तै अन्य चार जना एफएमकै सम्वादाता पनि रिले अनसनमा बसेका छन्। नियुक्ति पत्र पाए पनि एफएम प्रशासनले समयमै तलब नदिएको भन्दै आमरण अनसन बसेको संवाददाता कार्कीले बताए। 

उनीहरूले एफएमबाट ७० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म तलब लिन बाँकी रहेको बताउँदै आएका छन्। श्रमजीवी पत्रकारको हक हितमा सहयोग गर्न भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङगामा उजुरी समेत दिएका छन्।

रेडियोमा काम गरेका लक्ष्मी कट्वाल, सानु लामा, गोपाल खत्री, मनोज भट्टराई, कमल घिसिङ, दानुरी शेर्पालगायत दर्जन बढी पत्रकार श्रमको मूल्य नदिएको भन्दै आक्रोशित छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell