PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

हिमालय रोडिजको दोस्रो संस्करण घोषणा 



पहिलोपोस्ट

हिमालय रोडिजको दोस्रो संस्करण घोषणा 

काठमाडौं: ‘हिमालय रोडिज’को दोस्रो संस्करण सुरु हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम घोषणा गरिएको हो। निर्देशक अमनप्रताप अधिकारीले १८ श्रृङ्खलासहितमो दोस्रो भागको अडिसन सुरु गरेको बताए। 

यसपटक ‘वाइल्ड वाइल्ड वेस्ट’ थिमका साथ प्रतियोगिता आयोजना हुँदैछ। जसका लागि अडिसनसमेत आह्वान भइसक्यो। अप्रिल २० मा इटहरीबाट सुरु हुने अडिसन अप्रिल २३ मा नारायणगढ, अप्रिल २५ मा बुटवल र अप्रिल २८ मा पोखरामा हुनेछ। मोफसलपछि काठमाडौंको अडिसन भने मे १ मा मात्र हुने जानकारी दिइयो। 

योपटक पनि दिया मास्के, आशिष राना ‘लाहुरे’ र रेमनदास श्रेष्ठ निर्णायकको रुपमा रहनेछन्। ५ एपिसोड अडिसन राउन्डको प्रशारण हुनेछ र १३ एपिसोड जर्नी राउन्ड चल्नेछ ।

सहभागिताका लागि १८ वर्षभन्दा उमेर पुगेको हुनुपर्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell