PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

नेपालमा लगानी बढाउन जापान इच्छुक 



पहिलोपोस्ट

नेपालमा लगानी बढाउन जापान इच्छुक 

काठमाडौंः जापान सरकारले नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा लगानी बढाउन इच्छुक देखिएको छ। सोमबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरसँग भेट गर्दै नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालमा लगानी बढाउन जापान सरकार इच्छुक रहेको बताएका हुन्। 

भेटवार्तामा उनीहरूबिच खानेपानी तथा सरसफाइका क्षेत्रमा आपसी सहकार्य गर्नेबारे छलफल भएको मन्त्री मगरका प्रेस संयोजक जी भट्टले जानकारी दिए। 

मेलम्ची खानेपानी आयोजना र पोखरामा सञ्चालित खानेपानी आयोजनामा जाइकाको सहयोग रहेको स्मरण गर्दै जापानी राजदूत मासासीले नेपालको खानेपानी र सरसफाई क्षेत्रमा जापान सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सहयोग बढाउन इच्छुक रहेको बताएका थिए।

‘नेपाल सरकारसँग समन्वय गरेर विभिन्न काम गरिरहेका छौँ। राजदूत मासासीले भने, ‘यस्तै अन्य क्षेत्रमा पनि जापान सरकार काम गर्न चाहान्छ।’ 

जापान सरकारको सहयोग प्रशंसा गर्दै मन्त्री मगरले आफ्नो कार्यकालमा जापान सरकारबाट थप साथ र सहयोग पाउने विश्वास व्यक्त गरिन्। स्वच्छ खानेपालीको लागि नेपालका महिलाले धेरै समय खर्चिनु पर्ने विद्यमान अवस्थाको हल गर्न खानेपानी क्षेत्रमा थप लगानीको आवश्यत्ता रहेको बताइन्। 

मन्त्री मगरले सरसफाईका लागि राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्ने योजनामा खानेपानी तथा सरसफाई मन्त्रालयले रहेको बताइन।

‘प्रदेश राजधानी तोकिएका सहरमा खानेपानी र ढल व्यवस्थापनको समस्या देखिन सक्ने सम्भावना रहेको छ। यस विषयमा मन्त्रालयले छुट्टै योजना ल्याउने तयारी गरिरहेको छ।’ मन्त्री मगरले भनिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell