काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले विजयी शुरुवात गरेका छन्।
आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा सोमबार भएको उद्घाटन खेलमा सुर्खेतको शिक्षा क्याम्पसले चावहिलको पशुपति बहुमुखी क्याम्पसलाई २५–२२,२३–२५,२५–२०, २६–२४ को सेटमा हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ।
त्यस्तै काठमाडौं लेखनाथ मार्गलको सरस्वती क्याम्पसले घण्टाघरस्थित त्रिचन्द्र कलेजलाई २५–२२,२५–२३, २५–२० को सेटमा हरायो। अर्को खेलमा जेरपाटीको पब्लिक युथ कलेजले कोटेश्वर क्याम्पसलाई २५–१३,२५–१९, २५–२० को सोझो सेटमा हरउँदै दोश्रो चरणमा स्थानब नायो।
चौथो प्रतिस्पर्धात्मक खेलमा जया बहुमुखी क्याम्पस जोरपाटीले कैलाली बहुमुखी क्याम्पसलाई २०–२५,२०–२५,२५–१६,२५–२१, १५–८ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो।
प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले तृतियले २० हजार प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्ने छ।
नकाउटका आधारमा संचालन भएको प्रतियोगिता चैत्र ३१ गतेसम्म चल्नेछ। प्रतियोगितामा २२ क्याम्पसका टिम सहभागिता रहेका छन्।