PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

डीपीएल : अक्सनमा महँगा, मैदानमा फिक्का



गोविन्दराज नेपाल

डीपीएल : अक्सनमा महँगा, मैदानमा फिक्का
सागर पुन ब्याटिङ गर्दै

काठमाडौं : नामिबियामा भएको डिभिजन टू क्रिकेटमा क्यानडा विरुद्ध शानदार ब्याटिङ गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएपछि करण केसीको चर्चा ह्वात्तै बढ्यो।

फास्ट बलिङ गर्ने करणले आवश्यक परेका बेला ब्याटबाट पनि रन जोड्दै नेपाललाई जित दिलाए।

तर चैत १७ गतेबाट सुरु भएको दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) सबैभन्दा महँगा खेलाडी बनेको करणको प्रदर्शन भने फिक्का देखिएको छ।

डीपीएल अन्तर्गत लिग चरणका १५ खेल सकिसकेका छन्। अब फाइनलसहित प्लेअफअन्तर्गत ४ खेल बाँकी छ। कूल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा ४ टिम प्लेअफमा प्रवेश गर्दा २ टिम भने प्रतियोगिताबाट बाहिरिएका छन्।

प्रतियोगिताअघि दाबेदार मानिएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स लिग चरणबाटै बाहिरिएको छ।

यस्तै अक्सनमा सर्वाधिक महँगा बनेका करणसहित ४ खेलाडीले मैदानमा भने सोही अनुरुप प्रदर्शन देखाउन सकेनन्।

करण केसीसहित सर्वाधिक १ लाख ५० हजारमा लिलामी भएका आरिफ शेख, सागर पुन र बसन्त रेग्मीले आफ्नो क्वालिटी अनुसारको खेल देखाउन सकेनन्।

करण र आरिफले महेन्द्रनगर युनाइटेडबाट खेलेका थिए भने सागर पुनले रुपन्देही च्यालेन्जर्स र बसन्त रेग्मीले विराटनगरबाट खेलेका थिए।

महेन्द्रनगरले प्लेअफमा स्थान बनाउँदा र विराटनगर र रुपन्देही भने बाहिरिसकेका छन्।

महेन्द्रनगरले अझै प्रतियोगितामा खेल्न बाँकी रहेकाले करण र आरिफ सामु आफ्नो खेलमा सुधार गर्ने मौका रहेको छ।

करण केसीले ३ खेल खेल्दा जम्मा १ विकेट मात्र लिएका छन्। करणले ब्याटिङमा भने धेरै अवसर नै पाएनन्। आरिफ शेखले ३ खेलमा २४ रन मात्र बनाएका छन्। उनको व्यक्तिगत उच्च स्कोर २० छ। लिग चरणमा वर्षाका कारण महेन्द्रनगरले २ खेल भनेन खेल्न पाएन।

यस्तै रुपन्देहीका सागर पुनले लिग चरणमा सबै ५ खेल खेल्दा ब्याटिङमा ८४ रन बनाए भने बलिङमा ३ विकेट लिए। सागर सर्वाधिक रन बनाउनेको सूचीमा १२औँ स्थानमा रहेपनि आफ्नो टिमलाई खेल जिताउन योगदान गर्ने इनिङ्स खेल्न सकेनन्। सुरुको ३ खेलमा ओपनरको भूमिका खेल्दा जम्न नसकेका सागरले पछिल्लो दुई खेलमा तल्लो अर्डरमा ब्याटिङ गर्दै रन बनाएका थिए।

नेपाली टिमका क्राइससिम्यान मानिने स्पीनर बसन्त रेग्मीले ५ खेल खेल्दा ४ विकेट मात्र लिए। २ खेलमा मात्र विकेट लिएका बसन्तले ब्याटिङमा जम्मा १६ रन बनाए।

यस बाहेक अक्सनमा १ लाख २० हजारमा विराटनगर किंग्सले किनेका पृथु बास्कोटा, १ लाख २० हजारमै काठमाडौं गोल्डेन्सले किनेका नरेश बुढाएरले राम्रो प्रदर्शन गर्न सकेनन्।

रुपन्देहीका जितेन्द्र मुखिया (९० हजार), महेन्द्रनगरका अभिनाष कर्ण (८० हजार) ले पनि अक्सनमा बिके अनुसारको खेल देखाउन सकेनन्।

८० हजारमै रुपन्देही च्यालेन्जर्सले किनेको प्रदिप ऐरीले भने राम्रो प्रदर्शन गरे। प्रदिपले ५ खेल खेल्दै २ अर्धशतकसहित १५६ रन बनाए। उनी सर्वाधिक रन बनाउनेमा विराटनगरका बाबर हायत (१८६) पछि रहे।

यस्तै २ लाख भन्दा बढी रकममा स्ट्राटेजिक प्लेअरमा अनुबन्ध भएका खेलाडीहरुले पनि सोचेजस्तो खेल्न सकेनन्। स्ट्राटेजिक प्लेअरमध्ये काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल र महेन्द्रनगरका कप्तान विनोद भण्डारीले राम्रो ब्याटिङ गरिरहेका छन्। ज्ञानेन्द्रले २ तथा विनोदले १ अर्धशतक प्रहार गरेका छन्। तर विराटनगरका कप्तान पारस खड्का, चौराहका कप्तान सोमपाल कामी, रुपन्देहीका कप्तान शक्ति राम्रो रहेन। स्ट्राटेजिक प्लेअर रहेर पनि कप्तान नबनेका सिवाइसीका दीपन्द्र सिंह ऐरीले पनि स्तर अनुसार खेल देखाउन सकेनन्।

यद्यपी सोमपाल कामीले एक खेलमा भने शानदार ब्याटिङ गर्दै चौराहलाई जिताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell