PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

केशबलाई सहकारी कप चेसको उपाधि



पहिलोपोस्ट

केशबलाई सहकारी कप चेसको उपाधि

काठमाडौं : गोल्डेनगेट कलेजका केशब श्रेष्ठले गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन्। केशबले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरे। सतोगोटीबाट खेल्दै पहिलो खेलमा जित हात पारेका केशबले दोश्रोमा हात्ती बलिदान गर्दै निश्चित बराबरीतर्फ रहेको खेललाई मोड्दै उपाधि आफ्नो पक्षमा पारे।

च्याम्पियन केशबले पुरस्कार स्वरुप यमाहा मोटरसाइकल जितेका छन्। उपविजेता क्षितिजले ५० हजार, पुरस्कार पाए। ब्लीट्ज टाइब्रेकरमा रुपेस जयसवाललाई हराउँदै श्रेयंकर साकोसका सुमित पन्त तेश्रो भए। सुमितले ३० हजार तथा चौथो भएका रुपेसले २५ हजार रुपैयाँ पाए। विजयी टोली तथा खेलाडी नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष तथा एसीयन जोनल थ्रीप्वाइन्ट टुका अध्यक्ष राजेश हरी जोशीले पुरस्कार वितरण गरे। 

‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ मुल नारासहित ६१औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको लिगतर्फ शीर्ष वरियताका खेलाडी ललितपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघका विवेक थीङ ७ अंकसहित पहिलो भए। अभिभावदन साकोसका सुरबीर लामा दोश्रो तथा मदनकृष्ण कायस्थ तेश्रो भए।

यसैगरी, बद्रीलाल चौथो, विलमला श्रेष्ठ पाँचौ, नबीन तण्डुकार छैटौ, विजय मगर सातौ, सबिन चन्द्र्र घिमिरे आठौ, सुमन लामा नवौ र गणेश मान दुवाल दशौँ भए। मिलन लामा,रबिन्द्र शाक्य,राजन पुरी,सुमन राइ, कमल श्रेष्ठ, यज्ञ रोकाय, सुदिप तामाङ, सुसील चौधरी, हर्षित श्रेष्ठ र सिताराम अग्रवाल शीर्ष २० स्थानमा रहे।

महिलातर्फ शान्ती धिमाल पहिलो, स्नेहा यादव दोश्रो, मार्सल तामाङ तेश्रो,  सित्तल कुमारी चौथो र तेजेश्वनी तामाङ पाँचौ भए। यसैगरी २००० भन्दा कम रेटिङ भएका खेलाडीमा हरिशचन्द्र चौलागाँइ र  १८०० भन्दा कम रेटिङ भएका खेलाडीमा केशब मानन्धरले पुरस्कार पाए। अनरेटेडतर्फ मुक्तीनाथ सञ्जेल पहिलो तथा प्रमित अमात्य दोश्रो भए। यू-१९ मा विराज पुडाशैनी तथा भेट्रनमा राजेन्द्र श्रेष्ठ पहिलो भए।

प्रतियोगिता समापनको अवसरमा रुसमा चेस विषयमा अध्ययन गरिरहेका नेपाली खेलाडी विवेक थीङ र रुपेस जयसवाललाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell