PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्री स्टार च्याम्पियन



पहिलोपोस्ट

विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्री स्टार च्याम्पियन

काठमाडौं : त्रिभुवन आर्मीलाई हराउँदै रुस्लान थ्री स्टारले विराट गोल्डकपको उपाधि जितेको छ। थ्री स्टारले यस सिजनको पाँचौ उपाधि जितेसँगै यस वर्षको प्रतियोगिता सकिएको छ।

फ्लडलाइटमा खेलाइएको फाइनलमा थ्री स्टारले आर्मीलाई ३-० ले पराजित गर्दै च्याम्पियन बनेको हो।

विराटनगरको सहिद मैदानमा भएको खेलमा थ्री स्टारका विमल घर्ती मगरले दुई तथा अनन्त तामाङले एक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले ३ गोल गर्‍यो। ५६औँ मिनेटमा अनन्तको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। ७६औँ मिनेटमा विमलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे। विमलले नै ८९औँ मिनेटमा थ्री स्टारको लागि तेस्रो गोल गरे।

१४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले यस वर्ष ९ वटा फाइनल खेल्दै कूल ५ उपाधि जितेको हो। खप्तड गोल्डकपमार्फत पुनरागमन गरेको थ्री स्टारले इटहरीको मदन भण्डारी स्मृति गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, बुटवलमा तिलोत्तमा गोल्डकप र बुटवलमै मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितिको थियो।

च्याम्पियन थ्री स्टारले नगद १२ लाख ७१ हजारसहित दुई तोला पहेँलो धातुले जलप गरिएको विराट गोल्डकपको ट्रफी हात पार्‍यो। उपविजेता आर्मीले ५ लाख ५१ हजारमा प्राप्त गर्‍यो।

उता बैशाखमा विशाल मेमोरियल गोल्डकपको उपाधि जितेर यो वर्षको सुरुवात गरेको आर्मीले सताक्षी गोल्डकप, काँकडभिट्टा गोल्डकप, झापा गोल्डकप, सुदूरपश्चिम खप्तड गोल्डकप, सिमरा गोल्डकप, सुमन भोम्जन स्मृति गोल्डकपको उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell