बलरहरुको उत्कृष्ट प्रदर्शन तथा शिखर धवनको अर्धशतक मद्दतमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै आइपीएल-११ मा विजयी सुरुवात गरेको छ।
दुई वर्षपछि आइपीएलमा फर्केको राजस्थानले दिएको १२६ रनको सामान्य लक्ष्य हैदरावादले १५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। हैदरावादको जितमा धवनले नटआउट ७७ रन बनाए भने कप्तान केन विलियमसन ३६ रनमा नटआउट रहे। ५७ बल खेलेका धवनले १३ चौका र १ छक्का प्रहार गरे। विलियमसनले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। राजस्तानका जयदेव उनादकाटले १ विकेट लिए।
टसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको थियो। अर्धशतक बनाउन बाट एक रनले चुकेका सन्जु सामसनले ४२ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ४९ रन बनाए। यस्तै राहुल त्रिपाटीले १७ तथा कप्तान अजिन्का हरानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङमा हैदरावादका शकिब अल हशन र सिद्दार्ध कौलले २-२ विकेट लिए। भुवनेश्वर कुमार, रसिद खान र बिल्ली स्टानलाकेले समान १ विकेट लिए।