PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

पौडी खेल्ने क्रममा दुई बालक कालीगण्डकी नदीमा बेपत्ता



रासस

पाल्पा : रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए।

साथीहरु नदीमा पौडी खेल्ने क्रममा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो।

प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell