दमकमा 'समावेशिता र युवा' विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। युवा समुह युथ नेटवर्कको आयोजनामा भएको अन्तरसंवादमा आहुती प्रमुख वक्ता रहेका थिए।
सामाजिक, राजनीतिक परिदृश्यहरुमा युवा समावेशिताको स्थिति र उपादेयताका बारे आहुतीसँग अन्तरक्रिया भएको हो। जहाँ राजनीतिक, सामाजिक, प्राध्यापन, व्यवसायिक लगायतका विभिन्न क्षेत्रमा क्रियाशील ५० युवाहरुले विषयमाथि छलफल गरे।
कार्यक्रममा वक्ता आहुतिले १ घण्टा ४० मिनेट लामो विचार राखे। मन्तव्यसँगै प्रश्नोत्तर गरिएको थियो। जसमा साहित्यकार प्रकाश बुढाथोकी र मेचिपुत्रको पनि उपस्थिति रह्यो। अन्तरसंवादलाई बिनोद प्रहारले सहजीकरण गरेका थिए।