PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

वैदेशिक लगानी बढाउन नीति परिवर्तन गर्ने तयारीमा चीन 



पहिलोपोस्ट

वैदेशिक लगानी बढाउन नीति परिवर्तन गर्ने तयारीमा चीन 

बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङले विश्वका लागि चिनियाँ बजार थप खुला हुँदै जाने बताएका छन्। बोआओ फोरमको उद्घाटनमा समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

चीनले गत वर्षको सम्मेलनमा बैंकिङ इन्सुरेन्सलगायतका क्षेत्रमा वैदेशिक इक्यूटी क्याप बढाउने बताएको थियो।  ‘हामीले वैदेशिक लगानीका सीमाहरूलाई क्रमिक रूपमा हटाउँदै लाने छौँ,’ राष्ट्रपति सीले भने। 

राष्ट्रपति सीले लगानीको वातावरणको विषयमा बोल्दै अगाडि भने, ‘चीनले वैदेशिक लगानीका लागि नीतिहरू सुधार गर्दै लगानीको वातावरण राम्रो बनाउँदै छ।’ उनले वैदेशिक लगानीका लागि अवरोध भएका नकरात्मक नीतिहरूलार्इ परिमार्जन गरिने समेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell