जेनेभाः चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठन (डब्लुटीअो)मा मुद्दा दर्ता गराएको छ। मंगलबार जेनेभास्थित डब्लुटीअोको मुख्यालयमा चीनले अमेरिका विरुद्ध मुद्दा दर्ता गराएको हो।
अमेरिकाले चीनमा उत्पादित स्टिल तथा अाल्मुनियमका उत्पादनहरूमा लगाएको करको विरुद्धमा चीन डब्लुटीअोमा पुगेको हो।
एपीका अनुसार जेनेभास्थित डब्लुटीअोको अधिकारीहरूले चीनलार्इ अमेरिकासँग संवाद गरी ६० दिनभित्र समस्या समाधान गर्न आग्रह गरिएको छ।
यदि दुवै पक्ष सहमतिमा नअाए बेइजिङले पुनः अमेरिकालार्इ रूलिङ गर्नका लागि व्यापार विज्ञहरूको समूहलार्इ आग्रह गर्न सक्ने छ।
चीनले अमेरिकालाई स्टिल उत्पादन आयातमा लगाइएको २५ प्रतिशत कर र अाल्मुनियम उत्पादनमा लगाइएको १० प्रतिशत करले अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको दाबी गर्दै आएको छ।