PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'मिस इको इन्टरनेशनल'मा मौनता लामाको प्रतिनिधित्व



पहिलोपोस्ट

'मिस इको इन्टरनेशनल'मा मौनता लामाको प्रतिनिधित्व

काठमाडौं: सौन्दर्य  प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’का लागि नेपालको प्रतिनिधित्व मौनता लामाले गर्दैछिन्। अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि मौनता सोमबार इजिप्ट गइन्।

प्रतियोगिता अप्रिल १० देखि ३० तारिखसम्म हुनेछ। यो प्रतियोगिताको चौथो संस्करण हो। ६० देशका मिस इकोहरुको सहभागिता रहने प्रतियोगितामा मौनतालाई ग्रीन आर्ट मिडिया पठाएको हो। फेब्रुअरीमा ग्रीन आर्टले उनलाई मिस इको नेपाल २०१८ घोषणा गरेको थियो।

यसअघिका तीन संस्करणमा नेपालबाट प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागिता जनाएका थिए। यस वर्षको प्रतिनिधि १८ वर्षीय लामाले नेपाली संस्कृती, सांस्कृतिक र पर्यटकीय स्थानको पहिचान समेट्ने डकुमेन्ट्री प्रस्तुत गर्ने ग्रिन आर्ट मिडियाका संयोजक प्रविन लाकौलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell