PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

विकास माग्दै भोजपुरे समाज सिंहदरबारमा: सहयोग गर्ने अर्थमन्त्रीको प्रतिवद्धता



पहिलोपोस्ट

विकास माग्दै भोजपुरे समाज सिंहदरबारमा: सहयोग गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौंः अर्थमन्त्री डा युवराज खतिवडाले भोजपुरमा चिया खेती विस्तार गर्न र पुल निर्माणलगायतका विषयमा सहयोग गर्ने वचन दिएका छन्।
अर्थमन्त्रीसँग आज सिंहदरबारमा भोजपुरे समाजले गरेको भेटमा मन्त्री खतीवडाले केन्द्रबाट हुने आयोजनाको लागि सहयोग गर्ने बताएका वचन दिएका हुन्।
 
समाजका अध्यक्ष पासाङ शेर्पाको टोलीले भोजपुरमा चिया खेतीको विस्तार, भोजपुर र संखुवासभालाई जोड्ने षडाानन्ददेखि लम्सघाटसम्मको पुल निर्माण, हतुवागढीदेखि स्याम्पु हुदै साल्पा सिलीचुङसम्म पर्यटन विकासको लागि पूर्वधार विकास हुनुपर्ने विषयमा जानकारी गराईएको थियो। टोलीमा पूर्व अर्थमन्त्री शंकर कोईराला पनि सहभागी थिए।
 
यस्तै समाजले मध्य पहाडी राजमार्गको स्तरोन्नती, भोजपुर बजारमा रहेको रंगशालाको निर्माण गर्नुपर्ने विषयमा पनि जानकारी गराईएको थियो। मन्त्री खतिवडाले ठूला योजनाका छलफल मन्त्रालयले गर्ने र मझौला आयोजनाको विषयमा प्रदेशले निर्णय गर्ने हुदाँ मन्त्रालयबाट सक्ने सहयोग गर्ने आश्वासन दिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell