PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

दरबारमार्गका व्यापारी धम्काउने पक्राउ



पहिलोपोस्ट

दरबारमार्गका व्यापारी धम्काउने पक्राउ

काठमाडौं: काठमाडौंको दरबारमार्ग र न्युरोड क्षेत्रका व्यापारीलाई धम्काएर पैसा असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अखिल क्रान्तिकारी विप्लव समूहमा आबद्ध कार्यकर्तालाई मंगलवार पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिकाका नवीन केसी, कैलाली गोदावारी ५ का प्रज्वल शाही, हुम्ला खापुना ५ का सन्तोष ऐरी र रोल्पा सुकीदह २ का रामकुमार डाँगी रहेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 

उनीहरूको साथबाट प्रहरीले चन्दा उठाउन प्रयोग गरिने रसिदपत्र र प्याडहरुसमेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell