PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

बारामा रिलायन्स सुगर मिलको ट्याङ्की विस्फोट हुँदा एकको मृत्यु,१० घाइते



राधेश्याम पटेल

बारामा रिलायन्स सुगर मिलको ट्याङ्की विस्फोट हुँदा एकको मृत्यु,१० घाइते

वीरगंज : बाराको मनहर्वामा रहेको रिलायन्स सुगर मिल्समा आज बिहान भएको टयांकी विष्फोटमा एकजनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन्। 

चिनी मिलमा रहेको छोवा भण्डार गर्ने टयांकी विष्फोट भएर एकजना भारतीय कामदारको उपचारकोे क्रममा मृत्यु भएको र दशजना घाइते भएको बारा प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए। भारतका राम सेनाईको मृत्यु भएको उनले बताए।

उपचारको क्रममा सेनाईको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो। अन्य घाइतेहरुको कलैया अस्पताल र नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

तातो छोवा भण्डारण गर्ने टयांकी बिहान साढे एघार बजेतिर विष्फोट भएको थियो। वर्षातको समयमा चट्याङ्ग खसेर मोलासिस नामका कच्चा पदार्थ रहेको ट्याङ्कीमा परेर ट्याङ्कीमा नै विस्फोट भएको बताइएको छ। 

एक हजार लिटरले भरिएको मोलासिस नामक कच्चा पदार्थ समेत छरपष्ट भएपछि विद्युत समेत सर्ट भएको थियो। यस बारेमा कारखानाका संचालक राजकुमार गुप्तासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

घाइते हुनेहरुमा नेपाली र भारतीय कामदार छन । प्रहरी प्रवक्ता साहले बताएनुसार अमरेन्द्र सिंह, प्रेम बरई, रमेश यादव, देवनारायण महतो, नागेन्द्र लोहार, कमलेस साह, भुुवनेन्द्र मण्डल, ब्रजेस महतो र भुवन चौधरी घाइते छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell