PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

ट्रम्पका सुरक्षा सल्लाहाकार टमद्वारा राजिनामा



पहिलोपोस्ट

ट्रम्पका सुरक्षा सल्लाहाकार टमद्वारा राजिनामा
फोटो: nationalreview.com

वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएका छन्। 

ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मंगलवार राजिनामाको घोषणा गरेका हुन्। 

“राष्ट्रपति ट्रम्प सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,” ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले भनिन्। 

पछिल्लोपटक राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनमा रहेका विभिन्न पदहरुमा हेरफेर गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell