PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

भारतको जम्मुकश्मिरमा भिडन्त: एक सुरक्षाकर्मीको मृत्यु, इन्टरनेट बन्द



पहिलोपोस्ट

भारतको जम्मुकश्मिरमा भिडन्त: एक सुरक्षाकर्मीको मृत्यु, इन्टरनेट बन्द
फोटो: khaskhabar.com

श्रीनगर: भारतको जम्मु कश्मिरमा आतंकवादीको गोली लागी एक सुरक्षाकर्मीको मृत्यु भएको छ। बुधबार बिहान भएको उक्त भिडन्तमा परी एक भारतीय नागरिकको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। त्यसैगरी दुई सुरक्षाकर्मी घाइते भएका छन्।

कुलगाम जिल्लामा लस्कर ए तैयबाको सदस्य रहेको सूचना प्राप्त भएपछि भारतीय सुरक्षाबलले आक्रमण थालेको थियो। उक्त क्षेत्रमा लस्कर ए तैयबाको सदस्य अझै रहेको सुरक्षाकर्मीको दाबी छ। अहिले कुलगामका सबै विद्यालय कलेज बन्द गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell