PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सिलवालकै लाइनमा खरेल: आईजी नियुक्तिमा असन्तुष्टि देखाउँदै बुझाए राजिनामा



पहिलोपोस्ट

सिलवालकै लाइनमा खरेल: आईजी नियुक्तिमा असन्तुष्टि देखाउँदै बुझाए राजिनामा

काठमाडौं: सरकारले मंगलवार डिआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै डिआइजी रमेश खरेलले राजिनामा दिएका छन्। 
आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजिनामा बुझाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए। 

आफुले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजिनामा दिएको खरेल बताएका छन्।
 
खरेल २०४५ सालमा भलिबल खेलाडीको रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए।  खरेल नवनियुक्त आईजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरिक्षकको परीक्षा उतीर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

खरेलले एसएएसपीसम्म तीन जना मध्ये बरिष्ठताको आधारमा एक नम्बरमा थिए। २५ ‌औं आइजी बिषयमा पनि डिआइजी नवराज सिलवालले सरकारको नियुक्ति प्रति असन्तुष्टि देखाउनै राजिनामा दिएका थिए।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell