PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

राजपाका दुई अध्यक्ष भारतमा 



पहिलोपोस्ट

राजपाका दुई अध्यक्ष भारतमा 

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव भारतको राजधानी दिल्ली पुगेका छन्।

नियमित उपचारका लागि मेदान्त हस्पिटलमा दुबै अध्यक्ष भर्ना भएका छन्।

यादव सोमबार दिउँसो दिल्ली पुगेका हुन् भने ठाकुर मंगलबार दिउँसो १२: ४० को फ्लाइटबाट दिल्ली पुगेका हुन्।

दुबै नेताको मुटुमा पेसमेकर लाएको छ। दुबै नेताले लामो समयदेखि एउटै अस्पतालमा उपचार गराउँदै आएका छन्।

ठाकुरलाई करिब आठ वर्ष पहिले पेसमेकर लगाइएको हो। उनी नियमित उपचारका लागि दिल्ली जाने गरेका छन्। बुधबारबाट तीन दिनका लागि उनी अस्पतालमा भर्ना भएको ठाकुरको सचिवालयले जनाएको छ।

यसैगरी यादव पनि नियमित चेकअपका लागि प्रत्येक महिना दिल्ली जाने गरका छन्। यादव चार दिनसम्म अस्पतालमा रहनेछन्।
दिल्लीमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको ठाकुरका निजी सचिव सतेन्द्र मिश्रले बताए। दुबै अध्यक्ष बैशाख दुई गते काठमाडौं फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell