PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्ला, संसद भवन अब पुतली बगैंचामा: सभामुख महरा



बीपी साह

मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्ला, संसद भवन अब पुतली बगैंचामा: सभामुख महरा

काठमाडौं: सभामुख कृष्णबहादुर महराले मन्त्रालय बढेजस्तै संसदीय समिति बढ्न सक्ने बताएका छन्। आज सिंहदरबारस्थित पुरानो संसद भवनमा संसदीय मामिलका पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख महराले संसदीय समिति ७ वटा मात्र बनाउने भए पनि संख्या थपघट हुनसक्ने बताएका हुन्।

'नियमावली मस्यौदामा ७ वटा प्रस्ताव गरिएपनि सबैसँग छलफल गर्दा संख्य बढ्न सक्छ,' महराले भने, 'सरकारले पनि सुरुमा थोरै मन्त्रालय बनाउने भनेको थियो। सबै कुरा मिलाउँदै जाँदा बढ्यो। त्यसरी नै बढ्न सक्ला।'

यसबारेमा अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभामा छलफल गर्न बाँकी रहेको उनले बताए। त्यसैगरी सदनमा मन्त्री र प्रधानमन्त्रीको जवाफ दिने समय पनि मिलाउने तयारीमा रहेको सभामुख महराले जानकारी दिए। भने, 'नियमावलीमा हामीले हप्तामा दुईजना मन्त्रीले जवाफ दिने र पन्ध्र दिनमा प्रधानमन्त्रीले जवाफ दिने व्यवस्था गर्दैछौ।'

सभामुख महराले संसदको आफ्नै भवनको विषयमा सभामुखले आगामी २ वर्षभित्र सिंहरदबारभित्रको पुतली बगैचामा निर्माण गर्ने जानकारीसमेत दिए। यसका लागि बगैचामा रहेको सेनालाई अर्को स्थान सार्ने बारे छलफल भइरहेको बताए।

महराले सभामुख भएलगत्तै फागुन २७ गते नै पार्टिबाट राजिनामा दिइसकेको जानकारीसमेत दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell