PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

माथिल्लो तामाकोशीको अनुगमनपछि प्रधानमन्त्रीको निर्देशनः जति ढिलो भयो, भयो, अब ढिलाइ सहन सकिँदैन



पहिलोपोस्ट

माथिल्लो तामाकोशीको अनुगमनपछि प्रधानमन्त्रीको निर्देशनः जति ढिलो भयो, भयो, अब ढिलाइ सहन सकिँदैन
Photo: kpsharmaoli.com.np

दोलखा: प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। बुधबार उर्जामन्त्री वर्षमान पुन, चिनियाँ राजदुत यु होङसहित दोलखा पुगेर आयोजनाको प्रगतिका बारेमा जानकारी लिएका हुन्। 

प्रधानमन्त्री ओलीले सुरुङ मार्ग तथा पावर हाउस निरीक्षण र कार्यप्रगतिको जानकारी लिएका थिए। परियोजको गोंगरस्थित कार्यालयमा पुगेर उनले परियोजनाको विस्तृत विवरण जानकारी लिए। 

२०७५ साल पुसबाट उत्पादन सुरु गर्ने लक्ष्यसहित आयोजनाको काम अगाडि बढेको छ। ४५६ मेगावाट क्षमताको सो जलविद्युत आयोजनाले २०७६ वैशाखबाट पूर्ण क्षमतामा उत्पादन गर्ने बताइएको छ। 

२०६७ भदौ १७ गते आयोजनाको शिलान्यास भएको थियो। 

प्रधानमन्त्रीले परियोजनामा कुनै पनि खालका अवरोध कानुनी अप्ठ्यारा भएर हटाएर समाधान गरिने बताए। 'जति ढिलो भयो, भयो अब हुँदैन, ढिलाइ सहन सकिंदैन,' प्रधानमन्त्री ओलीले भने, 'अप्ठ्यारा भए ऊर्जामन्त्री वा मलाई सिधै भन्न सक्नुहुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell