PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

६ महिनाभित्र समाजवाद उन्मुख शिक्षा नीतिः शिक्षामन्त्री पोखरेल



पहिलोपोस्ट

६ महिनाभित्र समाजवाद उन्मुख शिक्षा नीतिः शिक्षामन्त्री पोखरेल

काठमाडौंः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ६ महिनाभित्र समाजवाद उन्मुख शिक्षा नीति ल्याइने बताएका छन्। 

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरलेलले पुरानो शिक्षा प्रणालीलाई खारेज गरी ६ महिना भित्र समाजवाद उन्मुख नयाँ शिक्षा नीति निर्माण गर्ने बताएका हुन्। 

मन्त्री पोखरेलले १० बुँदे मार्गचित्र प्रस्तुत गर्दै रोजगारीमा आधारित शिक्षा प्रणालीको विकास गर्ने दाबी गरे। 

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जन गरी कार्यान्वयन गरिने मन्त्री पोखरेलले जानकारी दिए। हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषा विद्यालय स्थापना गर्ने समेत उनले बताए। 

उच्च हिमाली, दुर्गम क्षेत्र, विपन्न र भौगोलिक रूपमा विद्यालयबाट टाढा रहेका विद्यार्थीहरूका लागि आवासीय सुविधा सहितका विद्यालयहरू सञ्चालन गरिने समेत उनले जानकारी दिए। सिमान्तकृत तथा लक्षित वर्गको उच्च शिक्षामा पहुँच पुर्‍याउन  सहुलियतपुर्ण शैक्षिक ऋणको व्यवस्था गरिने मन्त्री पोखरेलले बताए। 

सूचना र प्रविधिमा हरेक विद्यार्थीको पहुँच पुर्‍याउने उद्देश्यले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट सेवाको विस्तार गर्ने योजना मन्त्री पोखरेलले सुनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell