काठमाडौं : त्रिभुवन विश्वबिद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा नेपाल कमर्स क्याम्पस (एनसीसी), अमृत साईन्स र सुर्खेत शिक्षा क्याम्पस सेमिफाइनलमा प्रवेश गरेका छन्।
आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा भएको क्वाटरफाइनलमा एनसीसीले जनमैत्री कलेजलाई २५-१७,२५-११, २५-८ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
त्यस्तै अर्को क्वाटरफाइनलमा अमृत साईन्सले जया मल्टीपल कलेजलाई २५-२३,२५-२२,२२-२५, २५-१३ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो।
सुर्खेत शिक्षा क्याम्पसले पब्लिक युथ क्याम्पसलाई २५-१४,२५-१२, २५-२२ को सेटमा पराजित गर्यो। शिक्षा क्याम्पसले सेमिफाइनलमा एनसीसीसँग खेल्नेछ।
यस्तै आयोजक रत्नराज्यलक्ष्मी क्याम्पस र सानोठिमी कलेजबीच हुने अन्तिम क्वाटरफाइनल खेलको विजेताले अर्को सेमिफाइनलमा अमृत साईन्स क्याम्पसँग सेमिफाईनल खेल्नेछ।
प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछन्। यसेगरी उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्नेछ।
नकाउटका आधारमा संचालन प्रतियोगितामा २२ क्याम्पसका टिम सहभागिता रहेको छ।