PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गलत समाचारप्रति अनमोल केसीले जनाए आपत्ति



पहिलोपोस्ट

गलत समाचारप्रति अनमोल केसीले जनाए आपत्ति

काठमाडौं: 'अनमोल केसीले भने गाउँलेलाई भिखारी' शीर्षकको समाचार प्रति अभिनेता अनमोल केसीले आपत्ती जनाएका छन्। उनले फेसबुकमार्फत आफ्नो नामको दुरुप्रयोग गरेर गलत हेडलाइन राखेको र दर्शकलाई ती समाचारमा विश्वास नगर्न भनेका छन्।

उनले लेखेका छन्,'केही अनलाइन मिडियाले मैले नभनेको कुरालाई हाइपोथेटिकल हेडलाइन राख्दै लेखेका छन्। जसमा मेरो ध्यानाकर्षण भएको छ। दर्शक नझुक्किनु हुन आग्रह।'

 गाउँलेलाई भिखारी र सहरीयालाई चुहिया लेखिएको समाचारको खण्डन गर्दै उनले सबैप्रति आफ्नो सम्मान र सद्भाव रहेको जनाएका छन्।

फिल्म कृ प्रदर्शनपछि उनी हाल नयाँ फिल्म 'क्याप्टेन'को तयारीमा छन्। फिल्ममा उनले आर्मीको भूमिका निभाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell