PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

एन्फासँग क्लबहरुको असन्तुष्टी : लिग हुँदैन भने टिम किन बनाउने?



पहिलोपोस्ट

एन्फासँग क्लबहरुको असन्तुष्टी : लिग हुँदैन भने टिम किन बनाउने?

काठमाडौं : नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनबाट पर भागिरहेका बेला ए, बी र सी डिभिजन क्लबहरुले भने लिग गर्न नसकेकोमा एन्फासँग असन्तुष्ट बनेका छन्।

फुटबल खेल्ने तीनवटै डिभिजनका क्लबहरु सम्मिलित अन्तर क्लव समन्वय समितिले बुधवार एन्फा हाउस सातदोबाटोमै पत्रकार सम्मेलन गर्दै नेपाली फुटबलाई अन्धकारबाट जोगाउन चाँडो भन्दा चाँडो एन्फाको चुनाव हुनुपर्ने र लिग सञ्चालन हुनेपर्ने बताएका छन्।

२०७४ सालमा एन्फाले लिग गर्ने भन्दै पटक पटक मिति तोक्दै सार्दै चैत १४ गते गर्ने तय गरेको थियो। तर दुई जिल्ला फुटबल संघले अदालतमा मुद्दा दर्ता गरेपछि तोकिएकै समयमा चुनाव हुन सकेन।

अब २०७४ साल सकिन केही दिन मात्र बाँकी छ र वर्ष सकिएसँगै सिजनको समेत अन्त्य हुनेछ। यस सिजन क्लबहरुले मोफसलका गोल्डकपहरु खेलेका थिए।

तर अब विधान अनुसार एन्फाको चुनाव नहुने हो र लिग पनि नहुने हो भने क्लबले टिम खेल्न नसक्ने क्लबहरुको भनाई छ।

विगत ३ वर्ग यता एन्फाले ए डिभिजन लिग गराउन सकेको छैन भने आफ्नै संघको चुनाव समेत तोकेको समयमा गर्न सकिकरहेको छैन। क्लबहरुले चाँडो चुनावको मिति तोक्न समेत माग गरेका छन्।

यस्तै आर्थिक अभाव र विभिन्न प्राविधिक कठिनाईका बावजुत पनि क्लबहरुले प्रतियोगिताहरु खेलिरहेको र करोडौँ खर्च भएको जनाएको छ। उनीहरुले नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता रहेको र यसमा एन्फा आफै जिम्वेवार रहेको जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell