PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रमेश खरेलको राजीनामा स्वीकृत



पहिलोपोस्ट

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं : डिआइजी रमेश खरेलले बुझाएको राजीनामा स्वीकृत भएको छ। खरेलको राजीनामा स्वीकृत भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

सरकारले मंगलवार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगतै असन्तुष्टि व्यक्त गर्दै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए।

लामो समयदेखि संगठनको लागि काम गर्दा सरकारले मूल्यांकन नगरेको भन्दै खरेलले राजीनामा दिएका थिए। ३० वर्षीय सेवा अवधिका कारण उनले १० महिनापछि अवकाश पाउँदै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell