काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला प्रतिनिधिबिच विवाद चर्किएको छ। धुम्बाराही स्थित एक बेंक्वेटमा सुरु भएको भेलामा विद्यार्थीको अध्यक्ष बनाउन राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नै गृह जिल्लाका रविन ढुंगानालाई पहल गरेपछि विवाद सुरु भएको थियो।
लिङदेनले अध्यक्षको उम्मेदवारी दिन गएका ऋषीकेष न्यौपाने र रामचन्द्र लामिनेलाई हकारेपछि प्रतिनिधहरूबीच विवाद सुरू भएको थियो। विवादपछि प्रतिनिधिबीच हात हालाहाल भएको एक प्रतिनिधिले बताए। विवाद चर्किएपछि केही समय भेला स्थगित भएको थियो।
विवाद पछि स्थगित भेला पुनः सुरु भएको छ। भेला बिहीबार सम्म चल्ने छ।
बुधवार सुरु भेलामा २० जिल्लाका ४० जना विद्यार्थी उपस्थित रहेको छ। भेलामा विद्यार्थीको न्यून उपस्थिति देखेर प्रमुख अतिथिको रूपमा पुगेका राप्रपा अध्यक्ष कमल थापाले हीनताबोध महसुस भएको बताएको ती प्रतिनिधिले बताए । भेलाको उद्घाटन गर्दै उनले विद्यार्थीको उपस्थिति निरासाजनक भएको बताएका थिए।