PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

विदाइ समारोहमा आइजी अर्यालले भने - 'काम गर्नेभन्दा सेलिब्रिटी बन्न खोज्नाले चुनौति', खनालले भने- 'छवि सुधार्छु'



सविन ढकाल

विदाइ समारोहमा आइजी अर्यालले भने - 'काम गर्नेभन्दा सेलिब्रिटी बन्न खोज्नाले चुनौति', खनालले भने- 'छवि सुधार्छु'

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले काम गर्नेभन्दा सेलिब्रेटी बन्न खोज्नेले संगठनको लागि चुनौति थपिएको बताएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाई कार्यक्रममा महानिरीक्षक अर्यालले भने, 'वास्तविक काम गर्नेभन्दा सेलिब्रेटी बन्ने कुरा बढेको छ। यसलाई अबको नेतृत्वले चिर्दै जानुपर्छ।'
 
छोटो समयमा धेरै काम नगरे पनि केही राम्रा कामहरु आफूले गरेको अर्यालले दावी गरे। अर्यालले भने, 'संगठनभित्रको पारदर्शिता, कर्मचारीको वृत्तिविकास, पद्धतिको विकास लगायतका काम गरेको छु।'

अाफ्नो नेतृत्व कालमा तीन तहको निर्वाचन सम्पन्न  गराउने अवसर पाएकोमा उनले खुसी व्यक्त गरे।

छवि सुधार्छु : नवनियुक्त आइजी खनाल

नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको छवि सुधार्ने गरी काम गर्ने दावी गरेका छन्। ३० वर्षे सेवाअवधिका कारण बुधवार मध्यरातिबाट अवकाश पाउन लागेका महानिरीक्षकसहित उच्चतहका २८ प्रहरी अधिकृतको विदाई कार्यक्रमा खनालले उपलव्ध स्रोत र साधनको प्रयोग गरेर नेपाल प्रहरीको छवि सुधार्ने बताए।

खनालले भने, 'सरकारले जुन  जिम्मेवारी मलाई दिएको छ, अाशा र भरोसा छ, त्यसमा कुनै पनि कसर नराखी काम गर्छु।'

नागरिकको अपेक्षा अनुसार नै काम गर्ने उनले बताए। भाइचारा भए मात्र संगठनको विकास हुने भन्दै भाइचाराको विकास गर्ने समेत खनालले बताए। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell