PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ब्राजिलमा सुरक्षाकर्मी र कैदीबीचको झडपमा २० जनाको मृत्यु



पहिलोपोस्ट

ब्राजिलमा सुरक्षाकर्मी र कैदीबीचको झडपमा २० जनाको मृत्यु

रियो दि जेनेरियोः ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको ब्राजिलका अधिकारीले जनाएका छन्।

स्थानीय समय अनुसार बेलेमस्थित दिउसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए।

मृतकमध्ये १९ जना कैदी रहेका र बाँकी उनीहरूका आफन्त रहेका बताइएको छ। घटनामा कैदीको रेखदेखमा खटिएका चार सुरक्षाकर्मी घाइते भएका छन्।

कारागारका प्रमुख अधिकारीका अनुसार छ जना सुरक्षाकर्मीलाई अपहरण गरेपछि कैदीको भगौडा समूहले जेलभित्र दङ्गा मच्चाएका र उनीहरूलाई नियन्त्रण गर्ने क्रममा कारागारको गेटमा विष्फोटक पदार्थले आक्रमण गरेका थिए।

तत्काल सुरक्षा गार्डले गरेको प्रतिक्रियाका कारण कैदी भाग्न भने नसकेका बताइएको छ।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell