PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

इक्यान चुनावः पाण्डे प्यानलको उम्मेदवारी घोषणा



पहिलोपोस्ट

इक्यान चुनावः पाण्डे प्यानलको उम्मेदवारी घोषणा

काठमाडौँः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को भावी नेतृत्वका लागि विष्णुहरि पाण्डे प्यानलले उम्मेदवारी घोषणा गरेको छ। बुधबार पाण्डे प्यानलले उम्मेदवारी घोषणा र कार्ययोजना सार्वजनिक गरेको हो। वैशाख ८ गते इक्यानको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।

अध्यक्षमा पाण्डेसँग सरोजकुमार बस्नेत प्रतिस्पर्धामा छन्। बस्नेतको औपचारिक रुपमा प्यानल सार्वजनिक भएको छैन।

पाण्डे प्यानलबाट तीन उपाध्यक्षका लागि देवीदास भट्टराई, खड्ग बहादुर ताम्लिङ लिम्बु र सपना राजभण्डारी रहेका छन्।

यस्तै महासचिवमा शेषराज भट्टराई, दुई सचिवका लागि श्याम बहादुर कँडेल (सोम) र दीपकराज भुसालको उम्मेदवारी घोषणा गरिएको छ।

यस्तै कोषाध्यक्षमा गोविन्द अधिकारी, सह–कोषाध्यक्ष निरुपमा महर्जन रहेका छन्।

सदस्यहरुमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्णबहादुर गुरुङ, यज्ञविलास पौड्याल, बालकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, बासुदेव दाहाल, सुदन चौहान र शुष्मा आचार्य रहेका छन्।

निर्वाचनबाट ९ पदाधिकारी र ९ सदस्य चयन हुनेछन्। इक्यानको विधान अनुसार निर्वाचित अध्यक्षले दुई सदस्य मनोनीत गर्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell