PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

इपीजीको प्रतिवेदनले अन्तिम रुप पाउला? इपीजी बैठक आजदेखि दिल्लीमा



पहिलोपोस्ट

इपीजीको प्रतिवेदनले अन्तिम रुप पाउला? इपीजी बैठक आजदेखि दिल्लीमा
फाइल फोटो

काठमाडौँः नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) को बैठक आजदेखि नयाँ दिल्लीमा सुरु हुँदैछ। १९५० लगायतका सन्धि–सम्झौता पुनरावलोकन गर्ने विषयमा सरकारलाई सुझाव दिन गठित समूहले दिल्ली बैठकमा यसअघि तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिने अपेक्षा गरिएको छ।

यसअघि सम्पन्न इजीजीको सातौँ बैठकमा सन्धि पुनरावालोकन लगायतका विषयमा मस्यौदा आदानप्रदान भइसकेको छ। दिल्लीमा हुने बैठकमा दुबै पक्षले मस्यौदा प्रतिवेदनमा आफ्ना राय उपलव्ध गराउने तयारी छ। दुबै पक्षको धारणा समेटेपछि प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ।

नेपाल भारत सम्बन्धमा आएको उतरचढावबीच केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो। समूहलाई नेपाल भारतबीच भएको द्धिपक्षीय सन्धि सम्झौतालाई समयानुकुल परिमार्जनका लागि सुझाव दिने म्यान्डेट तोकिएको छ। ओलोपालो गरी दुई देशमा बैठक गरिरहेको समूहमा नेपाली टोलीको नेतृत्व पूर्व राजदूत डा. भेषबहादुर थापाले गरिरहेका छन्।

इपीजीको दुई वर्षे कार्यकाल यही जुलाइमा सकिँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell