
क्रिस्टियानो रोनाल्डोले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि क्वाटरफाइनलको दोस्रो लेगमा पराजित भए पनि रियल मड्रिड युभेन्ट्सलाई समग्रमा पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको नाटकीय खेलमा रियल युभेन्ट्ससँग ३-१ ले पराजित भए पनि पहिलो लेगमा ३-० को जित हात पारेको कारण रोनाल्डोको गोल निर्णायक बन्यो।
निर्धारित समयमा युभेन्ट्स ३-० ले अगाडि रहे पनि इन्जुरी टाइममामा खेलले नाटकीय मोड लियो। ३ मिनेट थप गरिएको इन्जुरी टाइममको तेस्रो मिनेटमा युभेन्ट्सका गोलकिपर जियानलुजी बफोन रातो कार्ड पाउँदै मैदान बाहिरिँदा रियलले पेनाल्टी अवसर पायो। जसमा रोनालल्डोले गोल गर्दा रियल भाग्यमानी बनेको हो।
त्यसअघि मारियो मान्डुकिचले दुई तथा ब्लेइस मटुइडीले एक गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रताच दिलाएका थिए।
उता अर्को जर्मन क्लब वायर्न म्युनिख स्पानिस क्लब सेभायलाई समग्रमा २-१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि पहिलो लेगको जित नै वायर्नलाई अन्तिम चारमा पुर्याउन निर्णायक बन्यो।
यसअघि नै इंगलिस क्लब लिभरपुल र इटालियन क्लब रोमा सेमिफाइनल पुगिसकेका छन्।