PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तीनजना पक्राउ



पहिलोपोस्ट

गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तीनजना पक्राउ

इटहरीः गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानुनी रुपमा पैसा असुल गर्ने तीन जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

हामी चिकित्सक हौँ, तपाईहरुको स्वास्थ्य जाँचका लागि हामी यहाँ आएका हौँ भनेर प्रतिव्यक्ति रु पाँच सय र रु एक हजारको रसिद काटेर स्थानीयवासीलाई ठग्ने कार्य गरिरहेका अवस्थामा उनीहरुलाई ठगीको आरोपमा नियन्त्रणमा लिई आवश्यक सोधखोज र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको म्याङ्गलुङ्ग नगरपालिका–१० का २१ वर्षीय सुदन सुवेदी, सोही स्थानका २१ वर्षीय जुनिल सुवेदी र सप्तरी कञ्चनपुर नगरपालिका–५ का १९ वर्षीय प्रख्यात मिश्र रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell